फिल्म ‘कार्की साइँला’को शुभ मुहूर्त गरिएको छ। कोटेश्वरको महादेवस्थान मन्दिरमा सोमबार फिल्म निर्माण टिमले स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरेका हुन् ।

फिल्मको मुख्य भूमिकामा अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा शिवाकोटी छन् । फिल्म राजेन्द्र बस्नेतले निर्देशन गर्नेछन् । फिल्म ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथामा आधारित छ। गाउँलेका भारी बोक्ने भरिया जीविकोपार्जन गर्ने पात्रको कथामा फिल्म बनाउन लागेको निर्देशक बस्नेतले बताए । फिल्ममा जितु र वर्षासहित गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङलगायत कलाकारको अभिनय छ ।

फिल्मको छायांकन यही वैशाख २० देखि धनकुटाको विभिन्न स्थानमा गरिने जनाइएको छ। डम्बरबहादुर राईले छायांकन गर्ने फिल्म राजु किराँतीको द्वन्द्व निर्देशन, बाबुल गिरीको संगीत, कमल राईको नृत्य निर्देशन, जीवननाथ गौतमको मुख्य सहायक निर्देशनमा बन्नेछ। छायाकार राईकै कथा रहेको फिल्ममा अजित लामिछानेको पटकथा तथा संवाद लेखन रहेनछ ।

कर्ण बहादुर फिल्मको ब्यानरमा निर्माण हुनेछ। कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता बालकुमार राई हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *